कोभिड-१९ को जोखिममा छौं, माला र खादा लगाइदिने काम बन्द गरौं : डा. कोइराला

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्वागत स्वरुप माला एवं खादा लगाईदिने र फूल दिने काम बन्द गर्न आग्रह गरेका छन् ।

विहीबार सामाजिक संजालमार्फत कोरोना भाइरसको जोखिम उच्च रहिरहेकाले माला र खादा बन्दै गर्दै अनिवार्य रुपमा मास्क लगाउन पनि अनुरोध गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छ,‘हामी अझै नि कोभिड-१९ को उच्च जोखिममा छौं । जोखिमकै बीचमा पार्टीका गतिविधि तथा कार्यक्रमहरु गर्नुपर्ने अवस्था पनि छ ।
कार्यक्रममा सबैले अनिवार्य रूपमा मास्क लगाउनुको साथै स्वागत स्वरुप माला एवं खादा लगाईदिने र फूल दिने काम बन्द गर्न पार्टीका सबै तहका साथीहरुमा विनम्र आग्रह गर्दछु ।’

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal