संसदीय व्यवास्थाको खारेजीको माग गर्दै क्रान्तिकारी माओवादीको प्रदर्शन

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले संसदीय व्यवास्थाको खारेजीको माग गर्दै बिहीबार रात्नपार्कमा प्रदर्शन गरेको छ । महोन वैद्य नेतृत्वको उक्त पार्टीको जनवर्गीय संगठन र मोर्चाले संसदीय व्यवास्थाको खारेजीको माग गर्दै कार्टुन प्रदर्शन गरेको हो । रत्नपार्कको भित्तामा समसामयिक घटनाक्रम झल्कने कार्टुन टाँगेर गरिएको प्रदर्शन गरिएको हो । प्रदर्शनमा पार्टीले संघीय जनगणतन्त्र स्थापनाको माग गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal