ट्रान्सपरेन्सी इन्टरनेशनलको खुलासा, नेपालमा भ्रष्टाचार बढ्यो

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । नेपालमा भ्रष्टाचार बढ्दै गएको ट्रान्सपरेन्सीको एक प्रतिवेदनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा भ्रष्टाचार बढेको पाइएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले बिहीबार पत्रकार सम्मेलन गरेर यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको हो । ट्रान्सपरेन्सीको गत वर्षको सर्वेक्षणमा नेपाल भ्रष्टाचारको ११३ औं स्थानमा थियो भने यो वर्ष बढेर ११७ औं स्थानमा पुगेको हो । अर्थात गतवर्ष भन्दा ४ अंकले नेपालमा भ्रष्टाचार बढेको तथ्यांकले देखाएको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal