प्रधानमन्त्री सहित चार पूर्व प्रधानन्यायाधीलाई लिखित जवाफ सहित उपस्थित हुन सर्वोच्चको आदेश

माघ १५, काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्याद बाहेक ७ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।
अधिवक्ता कंचनकृष्ण न्यौपानेको मुद्दामा सुनुवाइ गर्दै अदालतले भनेको छ, ‘यसमा के कसो भएको हो रु मागबमोजिम अवहेलनामा कारबाही किन हुनुनपर्ने हो ? म्याद प्राप्त भएको मितिले बाटाका म्यादबाहेक ७ दिनभित्र सबै व्यहोरा खुलाई आफैं लिखित जवाफ पेश गर्नुहोला ।’
प्रतिनिधसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा ‘बाजे वकिल लगेर तमासा गरेको’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता न्यौपानेले अदलतको अवहेलना मुद्दा दर्ता गराएका थिए ।
साथै, चार पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीका साथै पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि बाटोको म्यादबाहेक ५ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिनका लागि आदेश दिएको हो ।