प्रदेश राजधानी मुख्यमन्त्रीले दाङ ल्याए भन्ने कुरो भ्रमपूर्ण कुरा हो : मेटमणी चौधरी

२०७७ माघ १५ गते, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक र अलोकतान्त्रिक’ रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपाको दाहाल-नेपाल समुह आन्दोलित छ । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समुहले विरोधका कार्यक्रम धोषणा गरेको छ । नेपका भित्र आफुनै आधिकारीक मुल पार्टि हो भनेर दुवै समुह एक आपसमा दावी गरीरहेका छन । सुर्य चिन्न आफुले पाउनु पर्छ भनेर दुवै समुहले निर्वाचन आयोलाई दबाव बढाईरहेका छन। अर्को तर्फ प्रतिनिधी सभा बिघठनको मुद्दा सवोच्चमा छ । यही विषयम केन्द्रित रहेर हामी नेकपाका युवा एवंम प्रभावशाली नेता मेटमणी चौधरी सँग कुराकानी गरेका छौँ ।

प्रस्तुत छ – दाङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद एवंम नेकपाका केन्द्रय सदस्य मेटमणी चौधरी संग गरिएको संवादको सम्पादित अंश :

नेकपा विभाजन भएको हो की होईन , फेरी मिल्ने स्रम्भावना कति हो ?
– नेपाल कम्युनिष्ट पार्टि बिभाजन भएको छैन । खड्ग प्रसाद वलिको नेतृत्वमा चोइटिएको चाहिँ पक्कै हो । बिभाजनको लागि ४०५ केन्द्रीय कमिटिको सदस्य र साँसदमा हुनुपर्दछ । तर त्यो संभावना नभएकोले बिभाजन भएको छैन । अब केपि गुटले नयाँ पार्टि बनाएर जान्छन् ।

नेकपाको मुल धार कुन पक्ष हो आली समुह की प्रचण्ड-नेपाल समुह ?
– नेपाल कम्युनिस्ट पार्टिको हाल कायम रहेको ४४१ केन्द्रीय सदस्य मध्ये जसको पक्षमा बहुमत संख्या छ त्यहि पार्टि नै मुल पार्टि हो । अँक गणित हेर्ने हो भने ४४१ मध्ये ३१५ को संख्या प्रचण्ड – माधब समुहको पक्षमा, १०० भन्दा कम केपि गुटमा र बाँकि तटस्थ र बामदेब गौतमको पक्षमा देखिन्छ । यसैबाट स्पष्ट हुन्छ कि,’आधिकारिक पार्टि कसको हो भनेर,घामजस्तै छर्लंग छ ।’ आधिकारिक पार्टि प्रचन्ड माधब नेपालले नेतृत्व गरेको पार्टि नै हो । बिगतको निर्वाचन आयोगले गरेको फैसला र संबैधानिक ब्यवस्थाले पनि यहि कुरा भन्छ ।

सुर्य चिन्न कस्को हो कसरी ?
– आधिकारिक पार्टि जसको हुन्छ र चिन्ह पनि उतै हुने भएकोले नेपाल कम्युनिस्ट पार्टि (नेकपा) र चुनाव चिन्ह सुर्य पनि यतै हुन्छ ।

निर्वाचन आयोगले आधिकारीक पार्टि ओली समुहलाई दियो भने के गर्नु हुन्छ ?
यो कुनै पनि हालतमा संभावना नभएकोले अनावश्यक बहस गर्नु जरूरि छैन ।

सर्वोचले प्रतिनिधी सभा बिघठन सदर गर्यो भने के हुन्छ ?
– अहिलेसम्म सर्बोच्च अदालतप्रति सम्मान जाहेर गरिरहेका छौ । बिश्वास र भरोसा पनि छ । सर्बोच्च ले संबैधानिक ब्यवस्था अनुसारै फैसला गर्दछ । मानौ गरेन भने हामिसँग दुईवटा बिकल्प छ ।

१. सभामुखले प्रतिनिधि सभाको बैठक बोलाउनु हुन्छ र नियमित रूपमाबैठक सञ्चालन गर्नु हुन्छ २. तेस्रो जनआन्दोनको घोषण हुन्छ त्यो आन्दोलनले राष्ट्रपति, प्रधानमन्त्री र सर्बोच्च सबैलाई सडकमा ल्याउनेछ र पुन नेपाली जनतनको बलमा प्राप्त भएको संबैधानिक अधिकारलाई स्थापित गरिनेछ ।

दाङमा तपाईले मुख्य मन्त्रीको जमानत जपत गरीदिन्छु भनेर भन्नु भएको थियो, राजधानी दाङ ल्याउनु मुख्य मन्त्रीको गलत के हो ?

– जमानत जफतको कुरो त्यो त जनताले नै देखाउनेछन् । चुनाव आउन त दिनुस । जहाँसम्म प्रदेश राजधानिको कुरा हो, राजधानि कसैको बक्सिस , निगाहा होइन यो त आवश्यकताले निर्धारण गरेको हो । सबैको पायक पर्ने भुगोलको कारणले हो। यसैले मुख्यमन्त्रीले राजधानी ल्याएको भन्नेकुरो भ्रमपूर्ण बाहेक अरू केहि पनि होइन । यस्ता कुराको पछि लाग्नु जरूरि छैन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal