बैठक छोडेर माधव–प्रचण्ड सडकमा नाटक मन्चन गर्दै हिडेका छन : बस्नेत

संसद् विघटनसँगै नेकपामा विभाजन आयो । सत्ताका मालिकहरूको साम्राज्यमा हाहाकार चल्यो । परिणाम-माधव–प्रचण्डहरू सडकमा आए । उनीहरूले भने-हामी यहाँ छौं । उनीहरूलाई आफू देखिनुको बाध्यता होला । तर जनताले प्रतिप्रश्न गरे-हिजो जनता भोकले रुँदा कहाँ थियौ ? हिजो जनता भ्रष्टाचारले थिलथिलो हुँदा कहाँ थियौ ? हिजो तिम्रै आँखाअगाडि बिचौलियाहरूले जनता चुस्दा कहाँ थियौ ? यी निकै सानदार प्रश्न हुन् । यी प्रश्न माधव–प्रचण्डलाई मात्र सोधिएका होइनन् । यी प्रश्न पुराना सबै नेतालाई सोधिएका हुन्, जसको राजनीतिक अर्थ हो— नेताहरू आफूलाई फर्किएर हेर । आफ्नै विगत कर्मको समीक्षा गर । जगजाहेर छ, ओलीले जे गरे त्यो अकस्मात् सृजना भएको समस्या होइन । परम्परागत पार्टी, राजनीति र नेतृत्वको लामो अकर्मण्यताले हामीलाई यो संकटमा ल्याइपुर्यायो । आज नेकपामा नाम र चुनाव चिन्हका लागि घम्सा घम्सी चलेको छ । निर्वाचन आयोगले छलफलका लागि दुबै समुहलाई बोलाएको छ । यहि विषयमा केन्द्रित भएर हामीले युवासंघ नेपालका केन्द्रिय उपाध्यक्ष एवंम प्रभावशाली युवा नेता पर्शुराम बस्नेतसंग कुरा गरेका छौं ।
प्रस्तुत छ – युवासंघ नेपालका केन्द्रिय उपाध्यक्ष एवंम प्रभावशाली युवा नेता पर्शुराम बस्नेतसंग गरिएको संवादको सम्पादित अंश :
मघ २३ गतेको तपाईहरुको आमसभा कस्तो खालको आमसभा हो र यो आमसभा के का लागि ?
– यो २३ गतेको आमसभा जनताको चेतनाको लागि हो । जुन सरकारले निर्वाचन घोषणा गरी सकेको छ बैशाखको १६ र २७ गते यो निर्वाचन सम्पन्न गर्नका लागि, निर्वाचनको माहोल बनाउनका लागि, निर्वाचन हुन्छ भन्ने जनतालाई विश्वास दिलाउनका लागि र नेपाली जनता कम्युनिस्ट पार्टिमा छन भन्नको लागि वा नेपाली जनता निर्वाचनको पक्षमा छन भन्नको लागि जनताकै स्तरबाट काठमाडौंमा विशाल आमसभा अहिले सम्म कहिल्यै नभएको ठुलो आमसभा यो निर्वाचनको प्रसार प्रचार गर्नका लागि निर्वाचनको माहोल बनाउनका लागि गरीएको हो ।
सवोच्च अदालतमा जुन संसद विघटनको मुद्दा छ यो छिनो फानो नभए सम्म चुनाव कसरी सम्भव होला ?
– छिनो फानो त प्रकियामै छ नि त प्रकियामा भएको कुरो टुङ्गी हाल्छनी, अनि संसद पुनर्गठन भयो भने नी ! संसद पुनर्गठन कुनै हालतमा हुँदैन, यसको कुनै सम्भावना छैन सवोच्च अदालतले नेपाली जनताको ईच्छा चाहान विपरीत जानै सक्दैन र आज जुन नाटक मन्चन भैरहेको छ र अदालतलाई प्रभावित भैरहेको छ त्यसले लोेकतन्त्रमा घाटा भन्दा अरु केहि हुँदैन, लोकतन्त्रमा सबै भन्दा उत्तम र पवित्र पक्ष भनेकै निर्वाचन हो, त्यसैले अव सवै आन्दोलनमा होईन चुनावमा लाग्नु पर्छ भन्ने हाम्रो भनाई हो ।
अनी नेकपा पार्टि विभान भै सकेको हो ?
– नेकपा पार्टि कानुनी रुपमा विभाजन भै सकेको छैन, निर्वाचन आयोगले पनि त्यही भनिरहेको छ र हामि पनी त्यही भन्दै छौं तर केही नेताहरु प्रधानमन्त्री र पार्टी अध्यक्षको कुर्चीको लागि केन्द्रिय कमिटीको बैठक छोडेर सडकमा नाटक मन्चन गर्दै हुनुहुन्छ त्यसको पक्षमा नेपाली जनता छैन भन्ने पुप्टि भैसकेको छ । नेकपा दाहाल-नेपाल समुहले निर्वान आयोगले हाम्रो पक्षमा निर्णय गर्छ, आधिकारीक पार्टि हामी नै हौै ।
नेकपाको चुनाव चिन्ह सुर्य हाम्रो हो भन्दै हुनुहुन्छ, सुर्य चिन्ह दाहाल-नेपालको पक्षमा गयो भने ?
– संसारमा पार्टी छोडेर जानेहरु, घु्र्की लगाउनेहरुको कुनै कामै छैन विगतमा माओवादीहरुबाट बैद्दजीहरु फुटेर गए, एमालेबाटै बामदेव जीहरु फुटेर जानु भो, के उहाहरुले चुनाव चिन्न लिएर जानु भो त ? त्यसैले चैटिएर जानेले चुनाव चिन्न लिएर जान्छु अनी नाम लिएर जान्छु भन्ने कुरा हास्यात्मक कुरा हो।
नेकपा दाहाल-नेपाल समुहले बहुमत हामी संग छ, आधिकारीक हामी नै हो ! ओली चैटिएर गएका हुन भन्दै छन, अनी तपाईहरु हामी आधिकारीक हो भन्दै हुनुहुन्छ , तपाईहरु चाहि कसरी आधिकारीक ?
– नेकपाको अध्यक्ष महासचिव र माईन्युट हामी संग छ । निर्वानच आयोग पनी यहि कुरा बोली रहेको छ । संसारमा कही कतै पनी दुई वटा अध्यक्ष हुँदैन र प्रचण्डलाई ईज्जवत र प्रतिष्ठा बचाउनका लागि अध्यक्ष केपी ओलीले सह-अध्यक्षलाई यसो काम गरे जस्तो गर्नुन भनेर कार्यकारी दिनुभएको थियो, कानुनी र बैधानीक रुपमा भन्ने हो भने त प्रचण्ड पार्टिको सेकेन्डमेन हो, तसर्थ पार्टिमा अध्यक्ष र महासचिव जो संग हुन्छ त्यही नै आधिकारीक पार्टि हो ।
अव युवासंघको नयाँ कार्यक्रम के छ, युवा संघ पुनर्गठन हुने हो ?
युवासंघ राष्ट्रको स्वाधिनता र एकताको पक्षमा लागिरहेको छ । पार्टि एकताको विपक्षको लाग्ने हरुको विपक्षमा छ । युवासंघ पुनर्गठन हुन्छ छिटै हुन्छ।