राष्ट्रिय युवासंघ नेपालले बोलायो केन्द्रिय कमिटीको बैठक, पुनर्गठन हुन सक्ने

२०७७ माघ १६ गते, शुक्रबार

माघ १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल ओली समहुले केन्द्रिय कमिटीको बैठक बोलाएको छ । युवा संघ नेपालले माघको २४ र २५ गतेको लागी काठमाडौमा केन्द्रिय कमिटी को दोश्रो बैठक बोलाएको हो ।

संघका सह संयोजक रमेशकुमार पौडेलले विज्ञप्ती जारी गर्दै केन्द्रिय कमिटीको बैठक आव्हान गरेका हुन । केन्द्रिय सदस्यहरु लाई अनिवार्य उपस्थितिको लागी सूचना जारी गरिएको छ । बैठकमा केन्द्रिय सदस्यहरुलाई जिल्ला रिपोर्टिङ सहित उपस्थित हुनु भनिए पनी युवासंघ पुनर्गठन हुने अनुमान गरीएको छ ।

यस अघि युवासंघ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेत र स्थाई कमिट सदस्य रोशन वस्नेतले सिएनएन एक्प्रेस संगको अन्तर्वार्तामा युवासंघ नेपाल छिट्टै पुनर्गठन हुने जानकारी गराएका थिए । नेकपा ओली समुहको माघ २३ गते काठमाडौमा बृहत जनप्रदर्शन भएकोले सम्पुर्ण सदस्यलाई माघ २२ गते साझ सम्म काठमाडौ आइपुग्न भनिएको छ ।

विज्ञप्ती

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal