आज १५७ संक्रमित थपिए, ३३३ जना डिस्चार्ज, ५ को मृत्यु

२०७७ माघ १६ गते, शुक्रबार

माघ १६, काठमाडौं । नेपालमा कोरोना भाइरसका आज १ सय ५७ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३३३ जना संक्रमणमुक्त भएका छन् । आज सम्म २ लाख ६५ हजार ६ सय ९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal