ओलीलाई गणतन्त्र र बाँदरलाई मकैबारीको जिम्मा दिनु एकै हो : पौडेल

माघ १६, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्रको जिम्मा दिनु भनेको बाँदरलाई मकैबारीको जिम्मा दिनु जस्तै भएको बताएका छन ।
शुक्रबार काठमाडौंमा सहिदहरूलाई श्रद्धान्जली एवं प्रतिनिसभा विघटनविरुद्ध आयोजित विरोधसभामा बोल्दै केन्द्रीय सदस्य पौडेलले गणतन्त्रको जिम्मा ओलीलाई दिनु घातक रहेको बताए।
कांग्रेस नेता पौडेलले केपी ओलीलाई स्थिरताको शत्रु भएको आरोप लगाउँदै जनताले दुईतिहाइ मत दिए पनि नपचेको बताए ।
‘नेपालमा समृद्धि नआउनुको मुख्य कारक केपी ओली हो’, पौडेलले भने, ‘केपी ओलीले रेल ल्याउने कुरा कसले छेक्यो, पानीजहाजमा झण्डा फहराउन कसले छेक्यो, घर–घरमा ग्यास पु¥याउन कसले रोक्यो रु’
ओली अहंकारी शासक बने, अदालतले प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक, असंवैधानिक र स्वेच्छाचारी कदमलाई सच्याउने उहाँको विश्वास छ, ओलीले कुनै पनि हालतमा निर्वाचन नगराउने सक्दैनन यो जगजायर छ ।