संसद् विघटन अदालतको मात्र विषय होइन, जनतासँग जोडिएको विषय हो : सिटौला

माघ १६, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटको विषय अदालतको मात्र नभएको टिप्पणी गरेका छन । शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्धको सभामा बोल्दै नेता सिटौलाले भने, ‘यो अदालदतको मात्र विषय होइन, नेपाली जनतासँग जोडिएको विषय हो ।’
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असफल बनाएर प्रतिनिधिसभा पुनर्स्थापना गराउनुपर्ने नेता सिटौलाको भनाइ छ । नागरिक र पूरै देशको विषय भएकाले सम्पूर्ण नागरिकले यो विषयमा बोल्न पाउने उनको धारणा छ ।
संविधानलाई गतिशील बनाउन अदालतको कल्पना गरिएको स्मरण गर्दै नेता सिटौलाले अदालतलाई क्षमता प्रकट गरेर संविधानको रक्षा गर्दै जनविश्वास बटुल्ने अवसर प्राप्त भएको टिप्पणी गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनितिधिसभा मात्र नभएर संविधान नै विघटनको अवस्थामा पुगेको बताउँदै नेता सिटौलाले प्रतिनिधिसभा विघटन तानाशाही र निरकुंशता पाल्ने षड्यन्त्र भएकाले जनताको अधिकार अन्त्य हुने तर्फ नगइ आत्मालोचना गर्न प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरे।