संसद विघटनको विरोधमा नेकपा दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै

२०७७ माघ १७ गते, शनिबार

माघ १७,, धनगढी । संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले शनिबार (आज) दिउँसो १ बजे विरोधसभा गर्दैे छ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
केपी शर्मा ओलीको संसद् विघटनको कदमको विरुद्धमा नेकपाको प्रचण्ड–माधव समूहले देशभर विरोध प्रदर्शन गर्दै आएको छ ।
संसद विघटन असंवैधानिक भएको भन्दै आन्दोलनरत दाहाल–नेपाल समूहले यही माघ १२ गते तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । तेस्रो चरणको आन्दोलनअनुसार यही माघ २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने सो समूहले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal