लुम्बिनीमा नेकपा ओली समूहले गर्यो प्रदेश र जिल्ला कमिटी पुनर्गठन, १० जिल्लाको नेतृत्व हेरफेर

२०७७ माघ १७ गते, शनिबार

माघ १७, बुटवल । औपचारिकरुपमा विभाजन हुन बाँकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई समूहमध्ये ओली पक्षले लुम्बिनी प्रदेशमा प्रदेश र जिल्ला कमिटी पुनर्गठन गरेको छ । ओली पक्षको बुटवलमा बसेको प्रदेश कमिटी बैठकले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीलाई चयन गरेको छ ।

ओली पक्षको प्रदेश कमिटी बैठकले प्रदेशका १२ मध्ये रोल्पा र रुकुम पूर्वबाहेकका १० जिल्लाको नेतृत्व पनि हेरफेर गरेको छ । जस अनुसार रुपन्देहीमा यसअघिकै शिवराज सुवेदीले संयोजकको जिम्मेवारी पाएका छन् । बराल पूर्वमाओवादीमा रामबहादुर थापा ९बादल० समूहका हुन् । नवलपरासी पश्चिममा दिपेन्द्र अधिकारीलाई जिल्ला संयोजक तोकिएको छ ।
कपिलवस्तुमा यसअघिकै झबिलाल पोखरेललाई संयोजक बनाइएको छ । दाङको संयोजकमा हुकुम बहादुर बस्नेत र सचिवमा मनोहर बुढाथोकी चयन भएका छन् ।
बाँकेमा सूर्य ढकाललाई संयोजक, किस्मत कक्षपतीलाई बनाइएको छ । बर्दियामा लालबहादुर श्रेष्ठ संयोजकको जिम्मेवारी पाएका छन् । प्युठानमा यसअघिका तुल्सीराम शर्मा नै संयोजक सहितका पदाधिकारी छन् । गुल्मीमा यसअघिकै मधुकृष्ण पन्तलाई संयोजक बनाइएको छ । अर्घाखाँचीमा प्रदेश सांसद रहेका ओली पक्षका यसअघिकै चेतनारायण आचार्य नै संयोजक बनेका छन् ।
पाल्पामा यसअघिकै नारायणप्रसाद आचार्यलाई संयोजकको जिम्मेवारी दिइएको छ । रोल्पा र पूर्वी रुकुममा पुनर्गठन गरिएको छैन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal