ओली सरकार विघटन भएको हो, संसद होईन ! ओली पार्टीमा मात्रै नभएर सडकमा पनि कमजोर : दाहाल

२०७७ माघ १७ गते, शनिबार

माघ १७, धनगढी। नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको सरकार विघटन भएको बताएका छन । शनिबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै दाहालले संसद जिवितै रहेको बताए । दाहालले सर्वोच्च अदालतमा विघटनको मुद्दा नभएको भए संसद बोलाउने बताए ।
प्रचण्डले केपी ओली पार्टीमा मात्रै नभएर सडकमा पनि एक तिहाइमात्रै भएको दावी गरे। पार्टीमा कमजोर भए पनि सडकमा बलियो छु भन्ने ओलीलाई बुटवल, विराटनगर र धनगढीका सभाले फुच्चे सावित गरिदिएको बताए।
अध्यक्ष प्रचण्डले आफूलाई नेकपाको आधिकारिक भन्ने ओली समुहका स्थायी समिति र केन्द्रीय समितिका पदाधिकारीहरू मात्र नभएर जनताको साथ पनि जिकिर गरे। दाहालले भने,’ओलीले पतनको बाटो रोजेकोले अव इतिहासमा कलंकको टीका लगाएर ओलीले आफैँलाई खलनायकको रूपमा स्थापित गर्नेछन।
अध्यक्ष प्रचण्डले एकजना व्यक्तिले चाहेको खण्डमा संसद् विघटन नहुने जिकिर गर। चुनावका बेला अघि सारेका योजना कार्यान्वयन गरौं भन्दा ओलीले संसद नै विघटन गरेको भनाइ दाहालके भनाई थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal