निर्वाचन आयोगको निर्वाचन तयारी तीव्र, निर्वाचन आचार संहिता र राजनीतिक दल दर्ता ल्याउने तयारी
२०७७ माघ १७ गते, शनिबार

माघ १७, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम ल्याउने तयारी गरेको छ ।
निर्वाचन आयोगले आचारसंहिताको मस्यौदा तर्जुमा गरीसकेको छ ।
निर्वाचन कार्यक्रम कार्यतालिका बन्ने क्रममा छ । कार्यतालिका स्वीकृत भए निर्वाचन लागि राजनीतिक दल दर्ताको ढोका खुुल्नेछ त्यसपछि राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आयोगले सूूचना जारी गर्नेछ ।’
निर्वाचन आचारसंहिताबारे आयोगले राजनीतिक दलसँग परामर्श गर्ने तयारी गरेको स्रोतको दावी छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको बहस सर्वोच्च अदालतमा बहस जारी छ भने निर्वाचनका लागि तोकिएको मिति साँघुरिदै गएको छ।