निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही, जेल-नेल हत्कडी लगाएर थुन्दा घुँडा टेकिएन, घुँडा टेकिदैन : प्रधानमन्त्री

२०७७ माघ १७ गते, शनिबार

माघ १७, चितवन । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालको स्वाभिमान माथि उठाउन र विकासका सबालमा आफूले घुँडा नटेक्ने बताएका छन् ।

चितवनमा शनिबार आयोजित नेकपा ओली समूहको सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यसअघि कुनै पनि कठिन परिस्थितिमा घुँडा नटेकेको भन्दै नेपालको स्वाभिमान बचाउन आफूले अगुवाई गर्ने बताए । ओलीले भने- निरंकुश राजतन्त्र हुँदा घुँडा टेकिएन । पञ्चायती तानाशाही हुँदा घुँडा टेकिएन । जेल नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन । घुँडा टेकिदैन साथीहरु ढुक्क हुनुस् ।

तपाईंहरुले धोका पाउनुहुन्न, जमिनको रक्षा अहिलेको सरकारले गर्नेछ । त्यसको अगुवाई मैले गर्नेछु तपाई्रहरु ढुक्क हुनुस्, ‘प्रधानमन्त्रीले भने’।

केही वर्षभित्र जनताले अनुभूत गर्ने गरी विकास गर्न सरकार लागीपरेको उनले बताए । देशको विकास गरेरै छोडिन्छ । आफू प्रधानमन्त्री भएपछि राष्ट्रियता, लोकतन्त्र, विकास निर्माण, शिक्षा स्वास्थ्य क्षेत्रका पूर्वाधार विकासको पक्षमा काम गरेको भन्दै उनले आत्मविश्वासका साथ अगाडि बढ्न नेता, कार्यकर्तालाई आग्रह गरे ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal