प्रधानमन्त्री ओलीविरुद्ध चितवनमा टायर बालेर प्रदर्शन

२०७७ माघ १७ गते, शनिबार

माघ १७, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध युवाहरुले चितवनमा टायर बालेर विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीविरुद्ध नारायणगढको मुख्य सडकमा कालो पर्चा फाल्दै टायर बालिएको हो ।
चितवनमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका युवाहरुले टायर बालेका हुन । प्रचण्ड(माधव समूहको अनेरास्ववियू आबद्ध विद्यार्थीले सरकारविरुद्ध पर्चा पम्प्लेटिङ देखि सडकमा टायर बालेर विरोध गरेका हुन् । उनीहरुले ‘असंवैधानिक कदम खारेज गर’, ‘निरंकुशता लाद्न पाइदैन’, ‘प्रतिगामीहरु होसियार’ लगायतका नारा लेखिएको पर्चा छरेका थिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal