केपी ओली कुसन्तान हुन्, बेला–बेला कुसन्तान जन्मिन्छन : नेपाल

२०७७ माघ १७ गते, शनिबार

माघ १७, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई कुसन्तान भनेका छन । प्रतिनिधिसभा विघटनवरुद्ध धनगढीमा आयोजित बृहत बिरोध सभामा बोल्दै उनले ओलीलाई सुधार्न धेरै कोसिस गरेपनि सुधार्न नसकिएको बताएका हुन ।

ओली बिग्रिए भनेर धेरै चिन्ता नगर्नुहोस्। उनी सुध्रिनेवाला छैनन्, बिग्रिसकेका छन्’ नेपालले भने,‘ ‘बेला–बेला कुसन्तान जन्मिन्छन् । केपी ओली त्यस्तै कुसन्तान हुन् ।’
ओली सरकारकै बेला कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको भएपनि दोषीलाई कारबाही गर्न ओलीले नै चासो नदेखाएको आरोप लगाए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal