शक्ति प्रर्दशनको तयारीमा युवासंघ, काठमाण्डौमा गोप्य भेला गरी रणनीतिक योजना तयार

माघ १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षले माघ २३ गते गर्ने जनसभमालाई भव्य बनाउन युवासंघ नेपालले आक्रमक तयारी थालेको छ । युवासंघ नेपालले काठमाण्डौको एक व्यङक्युटमा गोप्य भेला गरी व्यापक रुपमा युवा परीचालन गर्ने तयारी गरेको हो ।
निर्वाचनको माहोल बनाउन, जनताकै स्तरबाट काठमाडौंमा विशाल आमसभा गर्न युवा संघ नेपालको असाधारण भुमिका रहको भन्दै बैठकमा युवा नेताहरुलाई तयारी रहन युवासंघ नेपालका सह संयोजक रमेश पौडेलले निर्देशन दिएका थिए ।
बैठकमा युवासंघका उपाध्यक्ष प्रभाव विक्रम कटुवालले माघ २३ गतेको आमसभा अहिले सम्म कहिल्यै नभएको ठुलो आमसभा हुने भएकोले मावन सागरको व्यवस्थापन गर्न स्वयम सेवक टोलीलाई हाई अलटमा बस्न निर्देशन दिएका थिए ।
नेकपाको ओली समुहले अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धि मार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’भन्ने मुल नाराका साथ रत्नपार्कमा जनसभा गर्न लागेको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले यस अगाडि माघ ९ गते शुक्रबार नेकपा प्रचण्ड–नेपाल पक्षले काठमाडौं उपत्यकामा आयोजना गरेको शक्ति प्रदर्शन गरेको दिनमा भएको एक कार्यक्रममा माघ २३ गते खासमा शक्ति प्रदर्शन भनेको के हो, देखाइदिने बताएका थिए ।
।