आज बिहान काठमाडौंको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस

२०७७ माघ १८ गते, आईतवार

माघ १८, काठमाडौं । काठमाण्डौको न्यूनतम तापक्रम आज १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम दुई दशमलव ७ डिग्री सेल्सियस रहेको थियो । रातको समयमा आकाश खुल्दा न्यूनतम तापक्रम घटेको हो ।

मौसम पूर्वानुमान महाशाखाअनुसार दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान गरिएको छ ।काठमाडौको सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

अहिले देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आज प्रदेश नम्बर १ को पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १ का हिमाली जिल्लामा हलका हिमपातको सम्भावना पनि छ । आज बिहान सूर्योदय ६ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४४ मिनेटमा हुनेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal