मनाङमा लागेको आगो नियन्त्रण बाहिर, डढेलो गाउँमा फैलने डर

२०७७ माघ १८ गते, आईतवार

माघ १८,मनाङ । मनाङको नासो गाउँपालिका–८ ताचै जङ्गलमा डढेलो लागेको छ । डढेलो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा दन्किएको छ । डढेलो नियन्त्रण बाहिर गएको छ । ३ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन ।

तीब्र गतिमा हावा चलेकोले खोला पारीको जंगलमा समेत डढेलो सल्किएको छ । डढेलो नियन्त्रण गर्न कठिनाई भएको स्थानीयले बताएका छन् ।
राति डढेलो गाउँमा फैलने डरले स्थानीयहरु बाहिरै रात बिताउन बाध्य भएको बताउछन् । यसअघि मङ्सिर ११ गतेदेखि लागेको आगो भन्दा अहिलेको डढेलो अझ भीषण रहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal