टिप्परलाई साइड दिँदा घरमा ठोक्किएको मोटरसाइकल चालकको मृत्यु

२०७७ माघ १८ गते, आईतवार

माघ १८, काठमाडौं । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका ७ अमरसिंह चोकमा बा ९३ प ३३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुली घर भएर भक्तपुर बस्ने ३१ वर्षका निराजन चालक बरालको ज्यान गएको छ ।

सडक लेन मिचेर आउँदै गरेको बा ५ ख ४३ ७३ नम्बरको टिप्परलाई साइड दिने क्रममा मोटरसाइकल घरमा ठोक्किएको थियो । मोटरसाइकल चालक बरालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal