प्रिमियर लिग : सेफिल्डसँग म्यानचेस्टर सिटी १-० गोल अन्तरले विजयी

२०७७ माघ १८ गते, आईतवार

माघ १८, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले हरायो हो । म्यानचेस्टरको जितमा ग्राब्रियल जिससले खेलको नवौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ४ अंकको दूरी कायम गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal