टि-१० लिग : टाइगर्स, वारियर्स र कलन्डर्स विजयी

२०७७ माघ १८ गते, आईतवार

माघ १८, काठमाडौं । युएईमा जारी टि–१० लिग क्रिकेट प्रतियोगितामा बेंग्ला टाइगर्स, नर्दन वारियर्स र कलन्डर्स विजयी भएका छन् । हिजो राति भएका खेलमा यी तीन टोलीले जित निकालेका हुन् ।
हिजोको पहिलो खेलमा बेंग्ला टाइगर्सले सोमपाल कामी सम्मिलित टिम मराठा अरेवियन्सलाई ६ विकेटले पराजित गर्यो । मराठाबाट १ ओभर बलिङ गरेका सोमपालले बिनाविकेट १२ रन दिए ।
दोस्रो खेलमा कलन्डर्सले पारस खड्का र कुशल मल्ल सम्मिलित टिम अबुधावीलाई ९ विकेटले हराएको छ । यस्तै, तेस्रो खेलमा नर्दन वारियन्सले देल्ली बुल्सलाई ३२ रनले पराजित गरेको छ । पराजित भएपनि बुल्स ३ खेलबाट ४ अंकसहित समूह ए को शीर्ष स्थानमा रहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal