म्यानमारमा सैन्य ‘कू’, एक वर्षका लागि सङ्कटकाल घोषणा, सुकी लगायतका नेता हिरासतमा

२०७७ माघ १९ गते, सोमबार

माघ १९, काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ पछि सङ्कटकाल घोषणा गरिएको छ । नेत्री आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिएपछि सङ्कटकाल लागू गरिएको हो ।
सेनाको टेलिभिजनले एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको जनाएको बीबीसीले जनाएको छ । सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो ।
गएको नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी ९एनएलडी० ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो । तर, सेनाले यो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।
नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक आज बस्ने तयारी भएका बेला सेनाले नेत्री आङ सान सुकीलगायतका नेतालाई हिरासतमा लिएको हो । सेनाले यो बैठक स्थगित गर्न माग गर्दै आएको थियो ।
सेनाले आफूले सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको पुष्टि पनि गरेको छ । सैन्य ुकूुपछि राजधानीलगायतका मुख्य सहरमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ भने राजधानीसहित धेरै ठाउँमा सेनाको उपस्थिति बाक्लो छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal