२०७७ माघ २० गते, मंगलवार

ने.बि संघको अस्तित्व नस्विकारेको भन्दै ने.बि संघ नवलपरासीले गर्यो परासीमा छुट्टै बिरोध प्रदर्शन

नवलपरासी।नेपाली काङ्ग्रेस केन्द्रिय समितीको निर्देशन अनुसार आज देशकै ७७ जिल्लाका नेपाली कांग्रेसका भातृ संस्थाले संयुक्त रुपमा प्रतिनिधि सभा विघटन विरुद्धको बिरोध प्रदर्शन गर्ने कार्यक्रम रहेपनी पश्चिम् नवलपरासीमा भने नेपाल विद्यार्थी संघले सदरमुकाम परासीमा छुट्टै बिरोध प्रदर्शन सम्पन्न गरेको छ ।

नेपाली काङ्ग्रेस नवलपरासीको पार्टी कार्यालय बाट सुरु भएको र्याली बुद्ध चोक परासीमा पुगेर कोणसभामा परिणित भएको थियो ।

नेपाल बिद्यार्थी संघ पश्चिम् नवलपरासीले आयोजना गरेको बिरोध कार्यक्रममा नेपाल विद्यार्थी संघ नवलपरासीका नि० वर्तमान अध्यक्ष दधिराम पौडेलको अध्यक्षता तथा नेपाली काङ्ग्रेस नवलपरासीका उप-सभापति अर्जुन पोखरेलको प्रमुख अतिथिक्तामा सम्पन्न भएको थियो। कोण सभामा नेपाल विद्यार्थी संघ नवलपरासीका पदाधिकारी तथा सदस्यहरु,तरुण दल, महिला संघ लगायतका विभिन्न भातृ संघका नेतागणहरु तथा नेपाली कांग्रेस जिल्ला कार्यसमितीका पदाधिकारीहरु, सदस्यहरु लगायतको सहभागिता रहेको कार्यक्रम नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सदस्य चन्द्र ढकाल ,आराधाना भट्ट , मधु रेग्मी, पार्टी क्षेत्र न. २ खका सभापती दिनेशमणि पटेल तथा क्षेत्र न १ क का बेद प्रसाद शर्मा, बर्दघाट नगर उपसभापति दामोदर जिसि,बर्दघाट नगर सचिब पोषचन्द्र देवकोटा, तरुण दल जिल्ला सदस्य तथा बर्दघाट नगर सभापती कमल थापा, तरुण दल जिल्ला सदस्य सन्तोष गुरुङ्ग,सुशील भुर्तेल, तरुण नेता चित्रबहादुर बर्मा,नेपाल विद्यार्थी संघ नवलपरासीका नि० वर्तमान उप- सभापति नरेश भट्टराई, राकेश गुप्ता, ने.बि संघ नेता सुरज पाण्डे, तरुण नेता कमल पाण्डे, ने.बि संघ क्षेत्र न.१ क का सभापती युवराज पाण्डे लगायतको आतिथ्यता सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत नेता किशोर गैरेले गरेका थिए भने कार्यक्रमको सन्चालन ने.बि संघ नेता चेतनारायण भण्डारीले गर्नु भएको थियो।

उता भुमहीमा भने संयुक्त भात्री संस्थाको आयोजनामा भएको बिरोध प्रदर्शनमा प्रमुख आतिथ्यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्री देबेन्द्र राज कण्डेलले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व नेपाल महिला संघ सभापती कमला तिवारीले गर्नु भएको थियो।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal