फेरी सत्याग्रह ! २० औं पटक अनसन बस्ने डा. केसीको घोषणा

२०७७ माघ २१ गते, बुधबार

माघ २१, काठमाडौं । डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले दुई बुँदे माग राखी फागुन १२ गतेदेखि २० औं पटक आमरण अनसन सुरू गर्ने घोषणा गरेका हुन् ।

यो अवस्थामा आगामी कैयौँ पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चिइयोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौँ । आगामी तीन सातामा हाम्रा मागहरु पूरा नभएमा ०७७ फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्दर्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

डा. केसीले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरिनुपर्ने भन्दै दुई बुँदे माग अघि सारेका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal