मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने म्याद थप

२०७७ माघ २१ गते, बुधबार

माघ २१, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। माघ १८ गतेदेखि निष्काशन ऋणपत्रमा अब फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। सो ऋणपत्रको नाम ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ रहेको छ।

फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री खुला गरिएको हो।


सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो ऋणपत्रको अवधि ८ वर्षको रहेको छ। फाइनान्सले वार्षिक ९.५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने जनाएको छ। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएबिएल एस लिमिटेड रहेको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal