युवासंघ नेपालको शक्ति प्रदर्शन आज, उपत्यकामा दस हजार मोटरसाइकल र्याली निकाल्ने

माघ २१, काठमाडौं । नेकपाको भ्रातृ संस्था राष्ट्रिय युवासंघ नेपालको ओली पक्षले आज काठमाडौं उपत्यकामा बृहत मोटरसाइकल र्याली निकाल्दैछ । माघ २३ गते काठमाडौंमा आयोजना हुने ओली समूहको आमसभा तयारीका लागि युवासंघले दस हजार मोटरसाइकल र्याली निकाल्न लागेको युवा संघका स्थाई कमिटी सदस्य रोशन बस्नेतले सिएनएन एक्प्रेसलाई बताए।
मध्यान्ह ललितपुरको बालकुमारी पुलबाट सुरू हुने र्याली सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली, त्रिपुरेश्वर, आरएनसी,जमल, दरबारमार्ग नारायणहिटी, जयनेपाल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेर टुंगिनेछ ।
नेकपा वाग्मती प्रदेशको आयोजनामा माघ २३ गते काठमाडौंमा विशाल आमसभा आयोजना हुँदैछ । यसअघि दाहाल नेपाल समूहले भृकुटीमण्डपमा गरेको सभालाई खिशी गर्दै ओलीले सभा कस्तो हुन्छ माघ २३ गते देखाइ दिने बताई सकेका छन ।