नभाल्नीलाई साढे तीन वर्ष जेल सजाय दिने अदालतको आदेश

२०७७ माघ २१ गते, बुधबार

माघ २१, काठमाडौं । मस्कोको एक अदालतले राष्ट्रपति पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । पहिलाको जेल सजायका बेला राखिएका शर्तहरू उल्लङ्घन गरेको भन्दै नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको हो ।

नभाल्नी गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउ परेका थिए । अदालतमा नभाल्नीले राष्ट्रपति पुटिनलाई ‘विष दिने व्यक्ति’ भनेका थिए र आफूमाथिको हमलाको दोष पनि उनैलाई लगाएका थिए ।

नभाल्नीका वकिलले अदालतको निर्णयविरुद्ध पुनरावेदन दिने बताएका छन् । अदालतले सजाय सुनाएलगत्तै अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिक्रिया आएका छन् । युरोपेली महादेशकै मानवअधिकारसम्बन्धी अग्रणी निकाय काउन्सिल अफ युरोपले अदालतको फैसलाले विश्वसनीयतालाई उपेक्षा गरेको जनाएको छ । एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal