कोरोना भाइरसको लागि लाखौ डलर सहयोग गर्ने मूरेको कोराना कै कारण मृत्यु

२०७७ माघ २१ गते, बुधबार

माघ २१, काठमाडौं । विश्वमा कोरोना भाइरससँग जुध्नको लागि बेलायतलाई लाखौ डलर सहयोग गर्ने क्याप्टेन सर टोम मूरेको कोरोनाको कारण निधन भएको छ ।

सय वर्षीया टोमले ३३ मिलियन पाउण्ड एनएचएस च्यारिटीको लागि फण्ड उठाएका थिए। टोमको गयराति उपचारका क्रममा अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ ।

टोमको निधनमा बेलायतकी महारानीले समवेदना व्यक्त गरेकी छिन। समवेदना व्यक्त गर्दै महारानीले टोमको योगदान सराहनीय रहेको र यसले विश्वलाई नयाँ तरिकाले बाँच्न सिकाउनु भएको बताएकी छिन। टोम एकप्तादेखि कोरोना संक्रमणको सिकार भएका थिए । एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal