इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको शानदार जित

२०७७ माघ २१ गते, बुधबार

माघ २१, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनलाई ९ – ० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेडले आफ्नो जित निकालेको हो ।

जितसँगै युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा युनाइटेड दोस्रो स्थानमा रहेको छ । युनाइटेडको २२ खेलबाट ४४ अंकमा पुगेको छ । २० खेल खेलेको सिटीको ४४ अंक छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal