काठमाडौं महानगरले क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने
२०७७ माघ २१ गते, बुधबार

माघ २१, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ। पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरेका छन।
काठमाडौं महानगरपालिकाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही १० लाख, बी डिभिजनलाई जनही छ लाख र सी डिभिजनलाई चार लाख रुपैयाँ सहयोग गरिसकेको छ। महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन यसप्रकार लगानी गरिएको कामपाको भनाइ छ। उपलब्ध यस रकमबाट आउँदो चैत मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेछ।