स्वरोजगार लघुवित्तको नाफा बढ्यो, प्रतिशेयर आम्दानी ३६ रुपैयाँ १७ पैसा

माघ २१, काठमाडौं । स्वरोजगार लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ५७ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
३६ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १७ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ १७ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.७३ गुणा रहेको छ।