कालिका लघुवित्तको नाफा १० गुणा बढ्यो, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८४ पैसा

माघ २१, काठमाडौं । कालिका लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको अवधिमा लघुवित्तको नाफा १० गुणा बढेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ४८ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
२५ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १७ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो कोषमा १४ करोड रुपैयाँ थियो।
पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८४ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९१।५८ गुणा रहेको छ।