युवासंघ नेपालले गर्यो २० हजार बढी मोटरसाइकल सहित विशाल शक्ति प्रदर्शन

२०७७ माघ २१ गते, बुधबार

माघ २१, काठमाडौं । नेकपाको भातृ संस्था राष्ट्रिय युवासंघ नेपालको ओली पक्षले आज काठमाडौं विशाल शक्ति प्रर्दशन स्वरुप बृहत मोटरसाइकल र्याली निकालेको छ । मोटरसाइकल र्यालीमा २० हजारबढी मोटरसाइकल सहित युवाहरुले सहभागिता जनाएका थिए। सहभागीले प्रधानमन्त्री ओलीका पक्षमा नारा लगाएका थिए । त्यस्तै उनीहरुले सरकारले घोषणा गरेको निर्वाचनलाई स्वागत गर्नुपर्ने बताएका छन् । पुलिस विशेष रीपोर्ट अनुसार आज काठमाडौं गरीएको र्याली अहिले सम्मकै सबै भन्दा ठुलो बाइक र्याली भएको छ ।

प्रधानमन्त्री ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनको तयारी स्वरूप युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्याली गरेको हो ।

मध्यान्ह् १२ बजे बालकुमारीबाट शुरु भएको र्याली सातदोबाटो–लगनखेल–जावलाखेल–पुल्चोक–थापाथली–त्रिपुरेश्वर–एनएसी–जमलचोक–दरबारमार्ग–नारायणहिटी–जयनेपाल हल–कमलपोखरी–रातो पुल–गौशाला–एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको थियो।

मोटरसाइकल र्यालीका कारण आज काठमाण्डौंको ट्राफिक व्यवस्था अस्थ व्यस्त भएको थियो । र्यालीलाई मध्यनगर गरी ट्राफिकले सभारी साधनलाई विकल्पीक मार्ग तर्फ पठाउदा भित्री बाटा समेत साँझ सम्मै जाम भएका थिए ।

थप तस्विरहरु

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal