विवादका बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त, को-को हुन् नियुक्ति पाउने (विज्ञप्तिसहित)

२०७७ माघ २१ गते, बुधबार

माघ २१, काठमाडौं । कानुन र राजनीतिक विवादका बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएको छ ।नियुक्ति सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा टुङ्गो नलाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीले बुधबार सपथ लिएका हुन् ।

मंसिर ३० गते संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारी सम्बन्धी अध्यादेश ल्याएर गरिएका नियुक्ति सिफारिस असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गराएका छन् । तर, मुद्दाको टुङ्गो नलाग्दै संसदीय नियमावलीको व्यवस्थालाई टेकेर पदाधिकारी नियुक्त गरिएको छ ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र सदस्यहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नियुक्त गरेकी हुन् । यस्तै निर्वाचन आयोगको आयुक्तमा रामप्रसाद भण्डारी र डा। जनकुमारी तुलाधर नियुक्त भएका छन् । राष्ट्रिय मानवअधिकार आयोष्को अध्यक्षमा तपबहादुर मगर र सदस्यहरुमा सूर्यप्रसाद शर्मा ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी र लीली हजुर बस्न्यात नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विज्ञप्ति

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal