संवैधानिक आयोगमा नियुक्तिबारे विमती जनाउँदै नेपाली कांग्रेसले सशक्त आन्दोलन गर्ने

२०७७ माघ २१ गते, बुधबार

माघ २१, काठमाडौं । नेपाली कांग्रेसले संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरूको शपथप्रति विमति जनाउँदै थप सशक्त आन्दोलन गर्ने जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरूको शपथप्रति विमति रहेको र विधि उल्लंघनको प्रवृत्तिलाई मान्न नसकिने बताएका छन । ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले ‘विधि उल्लङ्घनको प्रवृत्तिप्रति हाम्रो प्रस्ट विमति रहेको उल्लेख गरेका हुन । ट्वीटरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक, बुधबारको शपथ, दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, सङ्घर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा पु्गेको उल्लेख छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal