बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा भयो : भट्टराई

२०७७ माघ २१ गते, बुधबार

माघ २१, चितवन । जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीका कारण बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा भएको बताएका छन । जसपा चितवनले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ ।

उनले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताउँदै निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना नरहेको बताए ।
सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको आरोप लगाए ।
अध्यक्ष भट्टराईले पार्टीले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको जानकारी पनि दिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal