नयाँ प्रमुखआयुक्त नियुक्त भएसँगै आयुक्त जोशीद्वारा राजीनामा (विज्ञप्तिसहित)

२०७७ माघ २१ गते, बुधबार

माघ २१, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् । आयुक्त जोशीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा। गणेशराज जोशीले नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७७/१०/२१ गतेदेखि लागू हुने गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट लिखित राजीनामा दिनु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
संविधानमा संवैधानिक निकायका पदाधिकारीले राजीनामा बुझाउनासाथ त्यो स्वीकृत हुने र पद रिक्त हुने व्यवस्था छ ।

विज्ञप्ति

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal