आमहड्तालमा उत्रिएपछि नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यसहित काठमाडौंबाट ७६ नेता कार्यकर्ता पक्राउ

२०७७ माघ २२ गते, बिहीबार

माघ २२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बिहीबारका गरेको आमहड्तालमा प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

राजधानी काठमाडौंको मुख्य नाका कलंकीबाट नेतृ अष्टलक्ष्मी शाक्य,अमृता थापा मगर,सुभद्रा भुजेल सहित उपत्यकाबाट ७० नेता कार्यकर्ता पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दाहाल-नेपाल समूहले बन्द सफल बनाउन ठाउँ ठाउँमा कमाण्डर नै तोकेको छ । प्रहरीले बन्द गराउँदै हिड्ने नेकपा दाहाल-नेपाल समूहका ७६ बढी नेता कार्यकर्ताइलाई नियन्त्रणमा लिइसकेको छ । यसैबिच,काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका समेत प्रहरीले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal