निर्वाचन हुने सम्भावना टर्दै, नेकपाको विवाद टुंगो नलाग्दा निर्वाचन हुनेमा अन्योल

२०७७ माघ २२ गते, बिहीबार

माघ २२, काठमाडौं । नेकपाको आधिकारिकताको विवादले गर्दा आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने सम्भावना न्यून हुँदै गएको छ । वैशाख १७ गते आउन ८५ दिन बाँकी रहेको छ । ति बेलासम्म निर्वाचनमा सहभागी हुने दलहरुलाई दल दर्ताका लागि आह्वान गरिसक्नुपर्ने थियो ।

विगतमा २०६४ चैतमा संविधानसभाको पहिलो निर्वाचन हुँदा जेठ असारतिरै दल दर्ता आह्वान गरिएको थियो । २०७० मा मंसिरमा भएको निर्वाचनका लागि बैशाखमै निर्वाचनमा भाग लिने राजनीतिक दलहरुका लािग सूचना निकालेको थियो ।

निर्वानको तयारीतर्फ पूरै ध्यान केन्द्रीत गर्नुपर्ने बेला आयोग नेकपाको आधिकारिकताको विवाद टुंगो लगाउनुपर्ने अवस्थाले गर्दा तोकिएको मितिमा निर्वाचन हुनेमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले प्रश्न तेर्स्याएका छन् । यो समाचार आजको नेपाल समाचार दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal