सरकारले संविधान मिच्ने काम गर्यो , फागुन पहिलो साता जनआन्दोलन सुरु हुन्छ : अध्यक्ष प्रचण्ड

माघ २२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको आम हड्ताल अझ सफल र प्रभावकारी बनाउन अध्यक्ष पुष्पकमल दाहाल सातदोबाटो पुगेका छन।
प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा आज दाहाल-नेपाल समूहले देशव्यापी आम हड्तालको आयोजना गरेको छ ।
हड्ताल सफल बनाउन भन्दै दाहाल सडकमा निस्किका हुन । दाहाल सातदोबाटो पुग्दा प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओलीविरुद्ध नारा लगाएका थिए । बिहीबार पार्टीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा सातदोबाटो पुगेका उनले सरकारले संविधान मिच्ने काम गरेको बताए । उनले भने, ‘लोकतन्त्रमाथि प्रहार भएको छ । त्यसका लागि सबै उक्त कदमको विरुद्धमा उत्रिएका छन् । उनले आफूहरुको आन्दोलन लोकतन्त्रको रक्षाका लागि भएको बताए ।
जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो, उनले भने, यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ हो ।
संवैधानिक परिषद् र भूमि आयोगमा बल मिच्याइँ तरिकाले सरकारले नियुक्ति गरेको विरोधमा आन्दोलन गर्नुपरेको दाहालले प्रस्ट्याए ।
दाहालले आन्दोलन अझ सशक्त पार्ने भन्दै दाहालले फागुनको पहिलो हप्ताबाट जनआन्दोलन सुरु हुने जानकारी गराए। ”२८ गते विशाल प्रदर्शन गर्नेछौं, उनले भने, त्यसपछि फागुन पहिलो साता जनआन्दोलन सुरु हुन्छ ।”