बन्दमा अवज्ञा गरेको भन्दै कार्यकर्ता ट्रकहरु तोडफोड, ट्याक्सीमा आगजनी गर्दै, नेताहरु भने स्कुटरमा सरर

२०७७ माघ २२ गते, बिहीबार

माघ २२, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।

राजधानीको गोंगबूमा पनी दाहाल(नेपाल समूहका कार्यकर्ताहरुले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् ।

तर आमहड्तालको निरीक्षणका लागि नेकपा दाहाल(नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाल स्कुटरमा काठमाण्डौका सडक भरी दौडिरहेका छन। संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेकपाले आज देशभर आम हड्ताल गरेको छ। हड्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ।

माघ २२, काठमाडौं ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal