काठमाडौंमा बिहानैदेखि दाहाल–नेपाल समूहको प्रदर्शन, नेताहरु आफै सडकमा निस्किए
२०७७ माघ २२ गते, बिहीबार

माघ २२, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको दाहाल–नेपाल समूहले बिहीबार बिहानैदेखि राजधानीमा विरोध प्रदर्शन गरिरहेको छ ।
रत्नपार्क, गोंगब, कलंकी, सातदोबाटो लगायत क्षेत्रमा उक्त समूहका नेता–कार्यकर्ता भेला भएर विरोधमा उत्रिएका हुन् । सातदोबाटोको प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल, कोटेश्वरमा माधव कुमार नेपाल, रत्नपार्कको प्रदर्शनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेता सहभागी भएका छन ।