पोखरामा ओली समूहको प्रदर्शन, बन्दको विरोधमा झडप गर्न खोजे पछि प्रचण्ड-नेपाल पक्ष पछि हट्यो

२०७७ माघ २२ गते, बिहीबार

माघ २२, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा ओली समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन्। पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन्।

पृथ्वीनारायण क्याम्पसबाट निस्केको मोटरसाइकल र्याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरौटा, न्युरोड हुँदै पृथ्वीनारायण क्याम्पसमै पुगेर समापन भएको थियो।
पृथ्वीचोकमा बन्दकर्ता र बन्दको विरूद्ध जुलुस निकालेका ओलीका कार्यकर्ताबीच झडप हुन खोजेपछि प्रहरीले उनीहरू दुबै समूहबीच बीचमा बसेर सुरक्षा दिनु परेको थिए ।

केहीबेर ओली समूहले विरोध जुलुस गर्दै झडप गर्न खोजे पछि प्रचण्ड९नेपाल पक्ष पछि हटेका थिए । ओली पक्षले नेपाल खुला छ, केपी ओली जिन्दावाद लगायतका नारा लगाएर अगि बढेका थिए ।
पोखरामा अहिलेसम्म तोडफोड र झडप भने नभएको कास्की प्रहरीले बताएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal