प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरी बिच झडप, मोटरसाइकल तोडफोड

२०७७ माघ २२ गते, बिहीबार

माघ २२, काठमाडौं । हेटौँडामा प्रहरी र नेकपाका नेता तथा कार्यकर्ता बिच झडप भएको छ । हेटौँडाको बुद्ध चोक र सिम चोकमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरी बिच झडप भएको हो ।

बिहीबार गरिएको आम हडतालको अवज्ञा गरेको भन्दै बन्धकर्ताले मोटरसाइकल चलाउन रोक लगाउन थालेपछि प्रहरी झडप भएको हो ।

झडप भएपछि प्रहरीले अनेरास्ववियुका विद्यार्थी नेता राम कृष्ण सिवाकोटीलाई पक्राउ गरेको छ । त्यस्तै आक्रोशित कार्यकर्ताले हेटौँडा उपमहानगरपालिकाको मोटरसाइकल तोडफोड गरेका छन् ।
अवस्था तनावग्रस्त बनेपछि बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal