अवरोध गर्नेलाई नियन्त्रणमा लिन गृहको निर्देशन, सुरक्षा तैनाथी बढाईयो

२०७७ माघ २२ गते, बिहीबार

माघ २२, काठमाडौं । गृह मन्त्रालयले सडक अवरुद्ध पार्ने नियन्त्रणमा लिन निर्देशन दिएको छ । गृहले व्यापाररव्यवसाय र सवारी सञ्चालनमा अवरोध गर्नेलाई नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ० तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

गृहको निर्देशनपछि देशभर प्रहरी र सशस्त्रले सडक तथा सार्वजनिक स्थानमा उपस्थिति बढाएका छन् । देशका प्रमुख सहरी क्षेत्रका मूल सडकरचोक, एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने नाका, सरकारी कार्यालय, विशिष्ट व्यक्तिका निवास तथा कार्यालय क्षेत्रबाहिर बाक्लो रूपमा सुरक्षा तैनाथी बढाइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal