मरिपोभ बने किर्गिस्तानका नयाँ प्रधानमन्त्री, मन्त्रीहरूको संख्या घटाईयो

२०७७ माघ २२ गते, बिहीबार

माघ २२, काठमाडौं । किर्गिस्तानको संसदले उलुक्बेक मरिपोभलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको छ । संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको हो। संसद्ले पारित गरेको नयाँ संरचनामा मन्त्रिपरिषद्को संख्या घटाइएको छ ।

त्यसैगरी मन्त्रीहरूको संख्या पनि १६ मा झारिएको छ । यसअघि मन्त्रीहरूको संख्या २२ रहेको थियो । केही मन्त्रालयहरू गाभेर वा आधा आधा बाँडेर नयाँ मन्त्रालय बनाएको छ भने केही मन्त्रालयमा सामान्य परिवर्तन गरिएको छ ।

यही जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडीर झापारोभले राजीनामा दिएपछि मरिपोभ किर्गिस्तानमा नयाँ प्रधानमन्त्री चयन भएका हुन। प्रधानमन्त्री चयन पछि मरिपोभले संसद् बैठकमा बोल्दै नयाँ संरचना र कार्यक्रमहरूले सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्ने बताएका थिए। एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal