म्यानमारमा सेनाको सत्ता कब्जा ‘कु’ असफल बनाउनुपर्छ : राष्ट्रसंघका महासचिव गुटरेज

२०७७ माघ २२ गते, बिहीबार

माघ २२, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले म्यानमारमा भएको सैनिक ‘कु’को विरोध गरेका छन। संयुक्त राष्ट्रसंघको सुरक्षा परीषदको बैठकमा यसबारे छलफलको तयारी भइरहेको बेला महासचिव गुटरेजको यस्तो प्रतिक्रिया आएको हो । उक्त घटनाको अन्तराष्ट्रिय समुदायले पनि विरोध गर्नुपर्ने एन्टोनियो गुटरेजले बताए।

म्यानमारको सेनाले सत्ता कब्जा गर्दा निर्वाचित प्रतिनिधि आङ साङ सुची र राष्ट्रपति विन मिन्टलाई नियन्त्रणमा लिएको थियो ।
म्यानमारमा सेनाले कू गरि सत्ता हत्याएपछि पक्राउ परेकी नेतृ आङ साङ सूचीमाथि प्रहरीले विभिन्न अभियोगहरु दर्ता गरेको छ । प्रहरीको अभियोग पत्र अदालतमा दर्ता गरिएको बताइएको छ । यता अन्तराष्ट्रिय समुदायबाट विरोध भइरहेका बेला नागरिक स्तरबाट पनि विरोध सुरू भएको छ । एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal