क्यानडाद्वारा प्राउड बोइजलाई आतंककारी घोषणा, सम्पत्ति पनी रोक्का

२०७७ माघ २२ गते, बिहीबार

माघ २२, काठमाडौं । भाइस मिडियाका क्यानडाका सह–संस्थापक प्राउड बोइजलाई क्यानडा सरकारले आतंककारी सूचिमा राखेको छ ।

क्यानडाको सार्वजनिक सुरक्षा मन्त्री बिल ब्लायरले गएको जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा प्राउड बोइजको भूमिकालाई मध्यनजर गरेर आतंककारी इकाइका रूपमा सूचित गरेको बताएका हुन।

आतंकवादी इकाइमा सूचित भएसँगै प्राउड बोइजको सम्पत्ति रोक्का गरीएको छ । उनलाई अब आतंककारी गतिविधि सम्बन्धी अभियोग लगाउन मिल्ने भएको छ । दक्षिणपन्थी समूह ब्राउड बोइजलाई आतंककारी इकाइका रूपमा सूचित गर्ने क्यानडा पहिलो देश हो । एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal